एनएमबि बैंकको सीइओमा सुनिल केसी



काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी नियुक्त भएका छन् ।

सीइओ उपेन्द्र पौडेलको कार्यकाल सकिएर बाहिरिने निश्चित भएपछि चैत १ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले केसीलाई नियुक्त गरेको हो ।

उनी ६ वर्षदेखि एनएमबि बैंकमै डेपुटी सीइओको रुपमा कार्यरत थिए । ९ वर्षअघि नायब महाप्रबन्धककोरुपमा बैंकमा प्रवेस गरेका थिए । एनएमबि आउनुअघि उनी स्टान्डर्ड चार्टर्ड बैंकमा काम गर्थे ।

केसीसँग २७ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।


पुष्प दुलाल