अतिथि रिसोर्टले सभाहल बनाउँदै



काठमाडौं । पोखरामा ५ वर्षदेखि सञ्चालित अतिथि रिसोर्टले सभाहल बनाउन थालेको छ । रिसोर्टमा कार्यक्रम तथा सभा गर्नेहरुको चाप बढ्न थालेपछि ठूलो सभाहल बनाउन सुरु गरिएको हो ।

रिसोर्टमा यसअघि ५०/६० जना अट्ने सभाहल थियो । सो सभाहल सानो भएपछि १ सय २०/३० जना अट्ने सभाहल बनाउन लागिएको रिसोर्टका बजार निर्देशक सुरज खनालले क्लिकमाण्डूलाई जानकारी दिए ।

सन् २०१३ देखि सञ्चालनमा रहेको यो रिसोर्ट पोखराको लकसाइटस्थित बसुन्धरा पार्कमा छ ।

व्यवसायी मोतिप्रसाद पौडेलको ५० करोड रुपैयाँको लगानीमा रिसोर्ट खोलेका हुन् । रिसोर्ट साढे १४ रोपनीमा जमिनमा फैलिएको छ ।

यो रिसोर्टलाई बेलायतको अनलाइन ट्रिप एडभाइजरले नेपालको चौथो र पोखराको पहिलो नम्बरको रिसोर्टकोरुपमा उल्लेख गरेको छ ।


पुष्प दुलाल