अर्ब लगानीमा सौर्य एयरले थप्यो नयाँ जहाज



काठमाडौं । सौर्य एयरलाइन्सले नयाँ जहाज थपेको छ । एक अर्ब रुपैयाँको लगानीमा सौर्यले बम्बार्डएर सिआरजे-२०० सिरिजको नयाँ जहाज थपेको हो । थपिएको जहाजसँगै अब सौर्यले २ जहाजबाट सुविधा दिनेछ ।

आन्तरिक उडानमा गुणस्तरीय हवाई सेवालाई निरन्तरता दिन जहाज थप गरिएको एयरलाइन्सका बजार व्यवस्थापक मुकेस खनालले जानकारी दिए।

सौर्यले अब सेड्यूल उडान गर्ने भएकाले भाडा पनि सस्तो हुने खनालले बताए ।

थपिएको नयाँ जहाज ५० सिट क्षमताको हो । कम्पनीले सो जहाजबाट नेपालगंज, विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ।

नयाँ विमान आज आए पनि यसले नागरिक उड्ययन प्राधिकरणबाट पुर्याउनुपर्ने सबै प्रक्रिया पुरा गर्दा नियमित उडान गर्न भने करिब एक महिना लाग्ने छ ।

कम्पनीले पहिलो व्यावसायिक उडान २०७१ मंसिरबाट थालेको थियो। अबको तीन महिनाभित्र अर्को सिआरजे-२०० मोडलको विमान ल्याउने सौर्यको योजना रहेको उनले सुनाए ।


पुष्प दुलाल