स्याङजाको गल्याङ्गमा ओम डेभलपमेन्ट बैंकको शाखा



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले स्याङजा जिल्लाको गल्याङ्गमा शाखा बिस्तार गरेको छ । बैंकका सञ्चालक रबिन्द्रनाथ बास्तोलाद्धारा भानुभक्त माबिका प्राचार्य रामकान्त पाठकलाई छात्राबृत्ति प्रदान गरि शाखाको उद्घाटन गरे ।

कार्यक्रमा सञ्चालक रबिन्द्रनाथ बास्तोला र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध जानकारी गराए ।

बैंकले पर्यटन क्षेत्रमा लगानी गर्नको लागि १ महिना अघि पोखराको लेकसाईडमा शाखा खोलेको र गल्याङ्ग शाखाबाट कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरिने जानकारी दिईएको थियो ।

ओमले मनास्लु विकास बैंकसँग मर्जरको लागि २०७३ चैत्र १ गते बिशेष साधारणसभा बोलाएको छ । मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने बैंकको योजना रहेको छ । मर्जरपछि बैंकको ४२ वटा शाखा र १ लाख ७० हजार ग्राहकहरु पुग्नेछन् ।


पुष्प दुलाल