कुन व्यवसायीको कस्तो होली ?



होली जितको प्रतिकको रुपमा मनाइने पर्व भएकाले सबै बर्ग समुदायका मनिसले यसलाई मनाउने गर्छन् । व्यवसायीहरुले कसरी होली मनाए भने जानकारी दिने उद्देश्यले यो कन्टेन्ट तयार पारेका हौं ।

सुरज बैद्य

होली गजज्व हुन्छ । अस्तिदेखी भगवानले पानी पारिदिएर सबै नेपालीलाई होलीको गिफ्ट दिएका छन् । यति ठूलो उपहार पाएपछि होली त भैहाल्यो नि । परिवार लाई छोडेर आज बाहिर जाने कुनै किसिमको कार्यक्रम राखेको छैन । परिवारसँग बसेर मनाएँ ।

पशुपति मुरारका

होली खुसीको उत्सव हो । मेरो मनपर्ने चार्ड मध्येको एक यो एक हो । यो चार्डलाई हामीले आपसी मनमुटावको अन्त्य गरेर नयाँ सम्बनधको सुरुवात गर्ने प्रस्थान बीन्दुको रुपमा प्रयोग गर्नु पर्छ । हामीहरु होलिकाको दहनपछि मान्यजनकोमा गएर आर्षिवाद लिने गर्छौ । घरमा आमा हुनुहुन्छ अन्य मान्यजनहरु मेरोघरमा आउनुहुन्छ । सबै आपसमा मिलेर होली मनायौं ।

चन्द्र ढकाल

आज चन्द्रागिरिमा हिउँपरेको छ । स परिवार चन्द्रगिरी गएँ । त्यहाँबाट फर्केपछि पछि साथिमाईसँग बसेर रमाइलो गर्ने कार्यक्रम छ ।

भाष्करराज राजकर्णिकार

सधैझैं यस बर्षपनि एभिन्युज टेलिभिजनले होली खेलियो । मैले थुप्रै व्यवसायी साथिहरुलाई कार्यक्रममा बोलाएँ । हामीले बबिम भिल्लामा भेला भएर रमाइलो गर्यौं । साथै महासंघको आषन्न निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धा गर्न साथीहरुलाई सल्लाह दिएँ ।

अञ्जन श्रेष्ठ

बिहानैदेखि होलीको सुरुवात भइसकेको छ । छोराहरु बाहिर भएकाले उनीहरुसँग बिहानै कुराकानी भयो । बुबा आमा पोखराबाट आउनु भएको छ । सबै दाजुभाई दिदि बहिनी जम्मा भएर होली खेल्यौं । बुबाले टिका लागाइदिएर होलीको सुवात गरिदिनुभयो । परिवारमा बसेर होली मनाइयो ।

प्रबलजंग पाण्डे

बिहान १० बजे देखि १२ बजेसम्म परिवारसँग बसेर होली खेलियो । त्यसपछि यसलाई पर्वको रुपमा मनाउने हो । अन्य रमाइलो गर्न त अरुदिन छँदैछ नि ।


पुष्प दुलाल