फुटपाथमा तरकारी बेच्ने नितिन यसरी भए करोडपति



सामान्यतः पैसा भाग्यमानी मान्छेसँग मात्र हुन्छ भन्ने आम बुझाइ छ । तर तपाईं मिहेनती भएर पनि धेरै पैसा कमाउन सक्नुहुन्छ । मिहेनतकै भरमा धेरै पैसा कमाउने एउटा त्यस्तै पात्र हुन् नितिन गोड्से । कुनै समय नितिनका बुबा महिनाको ४०० भारु तलब पाउने जागिर खान्थे ।

तर, आज आफ्नै बल बुताले नितिनले २५ करोड भारुको कम्पनी चलाइरहेका छन् । कम्पनीले आगामी २ बर्षमा १०० करोडको कारोबार गर्ने लक्ष लिएको छ । हालसालै एक अन्तर्वातामा नितिनले २०१६÷१७ मा कम्पनीको कारोबार ३० करोड भारु हुने बताएका छन् ।

नितिन धेरै मिहेनती छन् । र, कम्पनीलाई धेरैअघि लैजाने प्रतिबद्धताका साथ काम गरिरहेका छन् । उनको काम गर्ने तरिका निकै ‘डाइनामिक‘ छ । र, उनी भारतीय युवाहरु र उनका बारे पढ्ने जोसुकैको लागि प्रेरणाको स्रोत हुन् ।
नितिन कुनै बेला फुटपाथमा तरकारी बेच्थे ।

नितिनले आजको सफलता आफ्नै मेहेनतको दममा प्राप्त गरेका हुन् । उनले धेरै तल्लो स्तरबाट आफ्नो ब्यापारीक करिअर शुरु गरेका हुन् । कुनै बेला उनी फुटपाथमा तरकारी बेच्थे ।

बुबाले महिनाको ४०० भारु तलब आउने जागिर खान्थे

नितिन गोड्से महाराष्ट्रको अहमदनगर जिल्लाको एउटा सानो गाँउमा भएको हो । उनको परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । उनको बुबा सहकारी खरिद बिक्रि संघमा सेल्स म्यानको काम गर्थे । त्यहाँ उनको तलब ४४ भारु थियो ।

पढाइसँगै तरकारी बेच्थे नितिन

उनी पढ्दै गर्दा घर बाहिर पनि काम गर्नुपर्ने अवस्था आयो । त्यसैले उनले तरकारी बेच्न शुरु गरे । त्यहि समयदेखि उनमा आफ्नै ब्यवसाय शुरु गर्ने पलाएको थियो । तर, उनीसँग पैसा थिएन ।

पढ्नको लागि जागिर छोडे

ग्राजुएसनपछि नितिनले आर्के इन्डस्ट्रिजमा सुपरभाइजरको जागिर खाए । त्यहाँ १ बर्ष काम गरेपछि टेक्नोवा इमेजिङ सिस्टम नामको कम्पनीमा काम गरे । तर, उनलाई केहि समय पछि औपचारिक डिग्रीको अभाव खड्कियो । त्यसपछि उनले एमबिए गर्ने निधो गरे । र, सन् १९९६ मा पुणे बिश्वबिद्यालयबाट एमबिए पुरा गरे ।

एमबिए पछि फेरि जागिर

नितिनले एमबिए पछि बिष्णु प्रिया इन्डस्ट्रिजमा जागीर शुरु गरे । त्यस कम्पनी ताजा तरकारीको ब्यवसाय गर्थौ । त्यो समय आधुनीक मल वा सपिङ मल नभएको हुँदा यो कम्पनीले तरकारी अरु ब्यापारी भन्दा सफा सुग्गर पारेर बजारमा बेच्थ्यो । नितिनलाई यो काम निकै राम्रो लाग्यो ।

जागिर छोडेर पहिलो कारोबार शुरु

किसान परिवारमा जन्मेका नितिनले तरकारी बेच्ने ब्यवसाय शुरु गरे । उनले एकजना आफन्तलाई ५ लाख भारु लगानी गर्न लगाइ पार्टनर बनाए । यस काममा उनी बिहान ३ बजे उठेर ट्रकबाट तरकारी झर्ने, दिनभरी सफा गर्ने र साँझ कम्पनीको नाममा प्याकेजिङ गरेर बेच्नु प¥र्थौ । यो कामबाट खास नाफा नभएपछि उनले बन्द गरे । त्यसपछि उनले फेरी जागिर शुरु गरे । केहि बर्ष जागिर खाई केहि पैसा जम्मा गरेपछि नितिनले फेरी जागिर छोडे । किनभने उनको एकमात्र उद्देश्य सफल ब्यापारी बन्ने थियो ।

एक्सेल ग्याँस इण्ड इक्विपमेन्ट कम्पनी

आखिर नितिन गोड्से सफल भएरै छाडे । सन् १९९९ मा उनले एक्सेल ग्याँस इण्ड इक्विपमेन्ट नामको कम्पनी खोले । आज उनको कम्पनीको २५ करोडको कारोबार र १५० भन्दा बढि स्थायी कर्मचारी छन् । नितिनको यस कम्पनीले ग्याँस होल्डीङ सिस्टम, सिलिण्डर ट्रली र ग्याँस क्याबिनेट बनाउने काम गर्छ । बार्क, सिप्ला र रिलायन्स जस्ता कम्पनी उनको ग्राहक हुन् ।

टप ५ कम्पनीमा सामेल भयो एक्सेल ग्याँस

एक्सेल ग्याँस इण्ड इक्विपमेन्ट कम्पनी नितिनको मेहेनतले १३ बर्षमै ग्याँस पाइपलाइन र ट्युबिङ् इन्सटलेशनमा टप ५ कम्पनीमा पर्न सफल भयो । यो कम्पनी अहिले भारत लगायत बिभिन्न देशमा काम गर्छ ।


पुष्प दुलाल