हिमालयन बैंकको सहयोग न्यु चिल्ड्रेन्स होमका बालबालिकाहरुलाई



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं हात्तीगौंडास्थित न्यु चिल्ड्रेन्स होमका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । सहयोग अन्तर्गत बैंकले सो चिल्ड्रेन्स होममा रहेका बालबालिकाहरुलाई भाँडाकुँडा तथा खाद्यान्न सहयोग गरेको छ ।

देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय वालवालिकाहरुलाई सो चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ ।
बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।


क्लिकमान्डु