सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङ्गटारमा उडान गर्ने



काठमाडौं । सिम्रिक एअरलाइन्सले चितवनको भरतपुर र संखुवासभाको तुम्लिङ्गटारमा हवाई सेवा विस्तार गर्ने भएको छ ।

अर्को सातादेखि भरतपुर र तुम्लिङ्गटारमा उडान गर्न लागेको एअरलाइन्सका बजार तथा बिक्री प्रबन्धक प्रज्वल थापाले जानकारी दिए ।

स्थानीय यात्रुहरुको अनुरोध तथा सडक यातायात सहज नभएकाले एअरलाइन्सले थप दुई स्थानमा सेवा विस्तार गर्न लागेको थापाले बताए ।

एअरलाइन्सले २ वटा विच जहाज र २ वटा डोर्नियर जहाजबाट सेवा प्रधान गरिरहेको छ । हाल एअरलाइन्सले काठमाडौंबाट माउन्टेन फ्ल्याइट र पोखरा, भैरहवा र लुक्ला तथा पोखराबाट जोमसोमको नियमित उडान गरिरहेको छ ।


क्लिकमान्डु