एचएच बजाजको नयाँ शोरुम पाल्पा रामपुरमा



पाल्पा ।  एचएच बजाजले पाल्पाको रामपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाजले रामपुरमा मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले ‘हामी पाल्पामा नयाँ शोरुम ल्याउँदा खुशी भएको र यहाँका ग्राहकलाई सुविधा दिन आएको बताए ।

उनले ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा पुग्ने दाबी गरे । नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।


क्लिकमान्डु