सिप्रदियन सहायताद्वारा राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई खेल सामग्री प्रदान



काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री दिएको छ ।

विहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका निर्देशक शम्भु प्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलियाले खेलाडीलाई एक एक थान व्याट, प्याड, हेल्मेट र अन्य जरुरी सामाग्री संयूक्त रुपमा प्रदान गरे । सिप्रदीयन सहायता संस्थाले यी दुई खेलाडीहरुलाई विगत ६ महिनादेखि प्रायोजन गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

सिप्रदियन सहायता संस्था सन् २०१२ मा सिप्रदि ट्रेडिङ्ग प्रालिद्वारा स्थापित गैर–सरकारी संस्था हो ।


क्लिकमान्डु