यी हुन् गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने ७ कम्पनी



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियत्रन्ण विभागले गुणस्तरी खाद्यन उत्पादन गरेको भन्दै ७ उद्योगलाई सम्मान गरेको छ ।

विभागले नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको उपलक्ष्यमा उत्कृष्ट खाद्य वस्तु उत्पादन गरेको भनेर सम्मान तथा प्रमाण वितरण गरेको हो ।

विभागबाट उत्कृष्टताको प्रमाणपत्र हासिल गर्ने ७ वटै कम्पनी काठमाडौं बाहिरका हुन् । विभाग खाद्यान्नको गुणस्तर अनुगमन गर्ने सरकारी निकाय हो ।

विभागले प्रत्येक वर्ष सयौं कम्पनीविरुद्ध गुणस्तरीय खाद्यान्न उत्पादन नगरेको भन्दै मुद्दा दायर गर्दै आएको छ । यस्तो अवस्थामा काठमाडौं उपत्यका बाहिर सञ्चालित ७ उद्योगले गुणस्तरीय खाद्यान्न उत्पादन गरेको भन्दै विभागले सम्मान गरेको हो ।

उत्कृष्टाताको प्रमाणपत्र पाउने कम्पनी

जय श्री फूड्स प्रा.लि, नवलपरासी
हिमाल चिया उद्योग, विराटनगर
युनाइटेड बेभरेज, चितवन
रिया एण्ड रक्षा फुड्स प्रा.लि, रुपन्देही
एम एण्ड डी फुड्स इन्ड्रिस्टिज, दाङ
आर्मी बेकरी, कैलाली
नारायणी पाउरोटी उद्योग, नुवाकोट


पुष्प दुलाल