सरकारी बैंकको अधिकृत बन्ने हो ? कृषि विकास बैंकमा ४० जनालाई जागिर खुल्यो



काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकमा रोजगारीको अबसर खुलेको छ । बैंकले ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त माग गरेको छ ।

खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाती ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना माग गरेको हो ।

लिखित तथा अन्तर्वार्ताको माध्यमबाट आवेदकको छनोट गरिने जागिर खुलाउँदै बैंकले प्रकाशित गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

त्यसैगरी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित स्नातकोत्तर उत्तिर्णले एसएलसीदेखिको शैक्षिक प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्ने छ ।

सूचना प्रकाशित भएको मितिको २१ दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्रमा मुख्य कार्यलयमा दर्ता गर्नसक्ने बुधबार प्रकाशति सूचनामा उल्लेख छ ।

त्यस्तै, जागिरमा आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ । सो रकम कृषि विकास बैंकै ०१००२००११४५५५०२५ खाता नम्बरमा डिपोजिट गरेर डिजोजिट गरेको भौचर बुझाउनु पर्छ ।

दरखास्त फाराम बैंकको वेभ साइट www.adbl.gov.np बाट डाउनलोड गर्न सकिने छ । लिखित र मौखिक परिक्षाबाट छनोट भएका आवेदकले बैंकले खटाएको कार्यालयमा अनिवार्यरुपमा काम गर्नु पर्ने बैंकको शर्त छ ।


पुष्प दुलाल