रेमिट्यान्सले चलेको अर्थतन्त्र दिगो हुन सक्दैनः प्रधानमन्त्री प्रचण्डको बिचार



यो समारोहको शिर्षक ‘सिफ्टिङ् द फाइनान्सियल प्याराडाइम-करेज टु एक्ट टुगेदर’ले नै नाफाभन्दा अघि जनता र देश हेरेको संकेत गर्छ । शुसासन, जवाफदेहिता, इमान्दारीता, पारदर्शिता, सामाजिक उत्तरदायित्व र आम जनताको बैंकिङ् पहुँच नै यस कार्यक्रमको मुल उद्देश्य हो । बैंक तथा बित्तीय संस्थाहरु पूँजी निमार्ण, आर्थिक बिकास, समृद्धि र उन्नतीको ‘लाइफ लाइन’ हुन् । साथै, बैंक तथा बित्तीय संस्थाहरुको बित्तीय स्रोतहरुको बिस्तार र आम जनाताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका छ ।

त्यसैले मुल्यमा आधारित बैंकिङ प्रणालीलाई प्राथमिकताका साथ हेरिनुपर्छ । हामी सबैले मुल्यमा आधारित बैंकिङ प्रणालीले अर्थतन्त्रमा ब्यवसायको बिस्तार र उद्यमशीलताको बिकासमा ठूलो भुमिका खेल्छ भन्ने तथ्य स्वीकार्नै पर्छ ।

नेपालले सन् १९९० मा अंगिकार गरेको उदारबादी अर्थब्यवस्थाले बैंक तथा बित्तीय संस्थाको बिस्तारमा महत्वपूर्ण भुमिका खेल्यो । साथै, राष्ट्र बैंकको र दुई सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकको पुर्नसंरचनामा समेत योगदान पुर्यायो ।

अहिले हामी सुधारको दोस्रो चरणमा छौं । यो चरणमा हामी बैंकिङ कानुनहरु सूधार गर्ने प्रक्रियामा छौं, जसले बैंकिङ प्रणालीलाई समावेशी, सहज पहुँच र मुल्यमा आधारित बनाउन मद्दत गर्नेछ । हालसालै बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पारित भएको छ ।

हाम्रा युवा जनशक्ति कामको खोजीमा बिदेश गइरहेका छन् । हामीले उनीहरुबाट आएको रेमिट्यान्सबाट हाम्रो अर्थतन्त्र चलाए पनि यो दिर्घकालीन नीति हुनसक्दैन । हामीले पाएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगानी गर्नैपर्छ ।

यो कार्यक्रमले अंगाीकार गरेको मुल्यमा आधारित बैंकिङ प्रणाली, बिकसित देशहरु भन्दा फरक, हाम्रा लागि नयाँ अवधारणा हो । हामी यो सोचलाई बैकिङ प्रणालीमा प्रवेश गराउने कामको प्रारम्भिक चरणमा नै छौं ।

बैंक तथा बित्तीय संस्थाहरुको मुलुकले चाहेको आर्थिक बृद्धि प्राप्त गर्न र बिशेष गरि औद्योगिक बृद्धिको लागि बिशेष भूमिका छ । यस संन्र्दभमा मुल्यमा आधारित बैंकिङ प्रणाली अझ पेचिलो बिषय भएको छ ।

बैंकिङ क्षेत्रलाई अझ दिगो बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ । दिगो बैंकिङले अर्थतन्त्रमा मुल्य जोड्न र रोजगारी सृजना गर्न मद्दत पु¥याउँछ, जुन मुलुकको बृहत्तर बिकासका लागि महत्वपूर्ण छ । यसका लागि उत्पादनमुलक क्षेत्रमा दीर्घकालीन ऋण प्रवाह गर्नु अत्यावश्यक छ । यसै सन्दर्भमा ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालुजले अंगीकार गरेको दिगो बैंकिङको अवधारणा नेपालजस्तो मुलुकको लागि एकदमै सान्दर्भिक छ । म सबै बैकिङ क्षेत्रका अधिकारी र प्रतिनिधिहरुलाई यसै सिद्धान्तमा आधारित रहेर उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्छु ।

बैंकिङ प्रणालीमा मुल्य जोड्दा यसले समग्र अर्थतन्त्रको मुल्य बढाउँछ । र, रोजगारी सृजना गर्छ । यसको दीर्घकालीन असर ठूलो हुन्छ ।

उत्पादनमुलक क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन मद्दत पुर्याउने कुरा सबैलाई जानकारी नै छ । साथै, उत्पादनमुलक क्षेत्रमा गरिएको लगानीले स्थानीय तहका सीपलाई बिकास गर्न र आम्दानी बढाई मानिसहरुलाई ठूलो संख्यामा बिदेश जानबाट रोक्छ । यसले आम जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्य पहुँच बढाउनुका साथै समग्र मानव बिकास सूचाङ्क सुर्धान समेत मद्दत पुर्याउँछ ।

नेपाललाई अहिलेको अति कम बिकसित राष्ट्रबाट सन् २०२२ सम्म बिकासशील र सन् २०३० सम्म मध्यमस्तरको आयमूलक राष्ट्रमा उकाल्नको लागि पूर्वाधारमा ठूलो लगानीको आवश्यकता छ ।

नेपालले उर्जा, यातायात, पर्यटन आदिमा ठूलो लगानीको चाहिएको छ । हामीलाई यी क्षेत्रमा अन्तराष्ट्रिय स्तरको पूर्वाधारको खाँचो छ । यसका लागि हामीसँग भएको सबैभन्दा ठूलो स्रोत भनेको जनशक्ति हो ।

तर, हाम्रा युवा जनशक्ति कामको खोजीमा बिदेश गइरहेका छन् । हामीले उनीहरुबाट आएको रेमिट्यान्सबाट हाम्रो अर्थतन्त्र चलाए पनि यो दिर्घकालीन नीति हुनसक्दैन । हामीले पाएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगानी गर्नैपर्छ ।

हाम्रा प्राकृतिक साधन स्रोत पूर्णरुपमा उपयोगमा आउन सकेका छैनन् । हाम्रा युवाहरुलाई यहिँ रोजगारी सिर्जना गर्न र आर्थिक परिदृश्य सुधार्न यी प्राकृतिक साधन स्रोतको पूर्णउपयोग हुनैपर्छ ।

हामीलाई थाहा छ, बैंकिङ प्रणालीमा मुल्य जोड्दा यसले समग्र अर्थतन्त्रको मुल्य बढाउँछ । र, रोजगारी सृजना गर्छ । यसको दीर्घकालीन असर ठूलो हुन्छ । बैंकिङ प्रणालीमात्र नभएर अरु क्षेत्रहरु पनि मुल्य प्रणाली अवलम्बन गर्नु अपरिहार्य छ ।

बैंकिङ क्षेत्रले कृषि, उद्योग, सुचना तथा प्रबिधि आदि क्षेत्रमा मुल्य आधारित लगानी गर्न सक्छ । सरकारले पनि राष्ट्र बैंकको माध्यमबाट उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बिभिन्न उपायहरु अबलम्बन गर्दै आएको छ । सरकार बास्तविक क्षेत्रको बिकासको लागि प्रतिबद्ध छ ।

हालसालै भएको दुई ठूला समारोहहरु, नेपाल इन्फ्रास्ट्रक्चर समिट र नेपाल इन्भेष्टमेन्ट समिटमा सरकार, प्रतिपक्ष र निजी क्षेत्रले नेपालमा लगानीको वातावरण बनाउन महत्वपूर्ण योगदान गरेका छन् । मलाई लाग्छ, मुल्यमा आभारित बैंकिङको यसमा ठूलो सम्बन्ध छ ।

मलाई बिश्वास छ, यस सम्मेलनले बैंकिङ क्षेत्रलाई अझ जिम्मेवार हुन प्रेरित गर्छ । र, जनता र समाज प्रतिको उत्तरदायित्व बारे अझ सचेत बनाउँछ ।

सिफ्टिङ् द फाइनान्सियल प्याराडाइम-करेज टु एक्ट टुगेदर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको मन्तव्य