नेपाली बजारमा स्यान्तुईका ‘हेभी इक्विपमेन्ट’



काठमाडौं । चिनियाँ हेभी इक्विपमेन्ट स्यान्तुईका उत्पादन नेपाली उपभोक्ताले पनि उपयोग गर्न पाउने भएका छन् । अटो इलेक्ट्रो मेच प्राइभेट लिमिटेड (एइएमपिएल) ले नेपालमा स्यान्तुईको उत्पादन सावर्जनिक गरेको छ ।

काठमाडौमा कार्यक्रम नै गरी स्यान्तुई सार्वजनिक तथा साँचो हस्तान्तरण गरिएको छ । सो कार्यक्रममा अग्रीम बुकिङ गर्ने ११ व्यवसायिलाईसाँचो हस्तान्तरण गरिएको थियो ।

एइएमपिएलले स्यान्तुइका एक्ट्राभेटर, मोटर ग्रेडर, बुलडोजर, लोडरलगायत अन्य हेभी कन्स्ट्रक्सन इक्विपमेटज नेपाली बजारमा भित्राएको जनाएको छ ।

नेपालमा पूर्वाधार विकासका काम तीब्र गतिमा भइरहेको अवस्थामा चीनको उत्कृष्ट निर्माण सामग्री उत्पादक कम्पनी स्यान्तुइको उत्पादनले नेपालीको विश्वास जित्ने एइएमपिएलका सेल्स डाइरेक्टर श्यामकृष्ण खड्कीले बताए ।

स्यान्तुईका जेनरल म्यानेजर विल झोङले स्यान्तुइ चीनको एक उत्कृष्ट हेभी इक्विपमेन्ट निर्माता कम्पनी भएको उनको भनाई छ ।

‘स्यान्तुइको प्रयोगबाट नेपाली पूर्णरुपमा सन्तुष्ट प्राप्त विश्वास लिएको छु,’ उनले भने,- ‘स्यान्तुइको प्रयोगबाट नेपालले आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा राखेको छु ।’


पुष्प दुलाल