आज औद्योगिक प्रवद्र्धन बोर्ड बस्दै के होला निर्णय ?



काठमाडौं। उद्योगमन्त्री रुपमा नविन्द्रराज जोशी नियुक्त भएपछि दोस्रो पटक आज औद्योगिक प्रवद्र्धन बोर्डको बैठक बस्ने भएको छ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले दुई दिन अगाडि लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मंगलवार बोर्ड बैठक बस्न लागेको जानकारी दिए ।

बोर्ड बैठक नबसेको कारण ३० अर्ब रुपैयाँको लगानीको फाइल रोकिएको छ । उद्योगमन्त्रीको फुर्सद नभएको कारण बैठक नबसकेको कुरा बाहिर आएपछि मन्त्री जोशीले हरेक महिना बोर्ड बैठक बस्ने प्रतिबद्धता व्यत्त गरेका थिए ।

बोर्डमा नेपाली कम्पनीले गर्न लागेको लगानी थप सम्बन्धि केही कम्पनीको पुँजी बृद्धि हुने निर्णय हुने सम्भावना रहेको छ ।


क्लिकमान्डु