चन्दा उठाएर शिक्षकलाई तलब !



दाङ । यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ ।

दाङको तुलसीपुर नगरपालिका-७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहँुदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताए ।

विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिए ।

प्रतिघर वार्षिक ८ सय रुपैयाँ र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

हाल विद्यालयमा दरबन्दीमा तीनजना मात्र शिक्षक रहेका छन् ।
‘दरबन्दीमा तीनजना मात्र शिक्षक छन्, राहत एकजना, बाल विकास एकजना र अन्य एकजना शिक्षक छन्,’ रानाले भने ।

विद्यालयमा १ सय ५० जना विद्यार्थी रहेका छन् । पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षकको माग गरिए पनि सरोकार निकायहरु त्यसबारे जानकारी गराउँदा कहीँ कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक रानाले बताए ।

भौगोलिक विकटताका कारण पछाडि परेको तुलसीपुर-७ मा रहेको यस विद्यालयको भवन जीर्ण रहेको छ । कक्षा कोठाको अभावमा १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ ।


पुष्प दुलाल