स्वास्थ्मन्त्री थापाले भने- केहीदिन भित्रै एम्बुलेन्स नीति आउँछ



काठमाडौं । एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलब बनाउनका नियामवली परिवर्तन गर्ने प्रक्रियामा सरकार रहेको स्वास्थ्य मन्त्री गगन थापाले बताएका छन् ।

एम्बुलेन्स सर्भिस (एनएस)ले आयोजना गरेको दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मी दिक्षान्त समारोहमा मन्त्री थापाले नेपाल एम्बुलेन्स सर्भिस (एनएस) लाई पब्लिक-प्राइभेट लिमिटेड बनाउनुपर्ने बताए ।

‘एम्बुलेन्स सेवालाई स्तरिय तथा सुलब बनाउनका लागि सरकारले नयाँ एम्बुलेनस स्किृति प्रक्रियालाई केहि समय स्थिकित गरेको छ, सरकारले एम्बुलेन्सको नयाँ नियामावली निर्माण प्रक्रियामा सहज होस् भन्नाका लागि स्थिकित गरिएको हो,’ उनले भने ।

मन्त्री थापाका अनुसार एम्बुलेन्स पोलिस परिवर्तन गर्ने प्रक्रियमा सरकार अन्तिम चरणमा छ, फाइल गृहमन्त्रालयमा पुगेको छ, केहि दिन भित्रमा मन्त्रिपरिषद्बाट एम्बुलेन्स नियामावली पारित छ ।

सो अवसरमा उनले मास्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूलअफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४८ जना स्वास्थ्यकर्मीलाई थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

इन्टरनेसनल मेडिकलकप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटाहायस एम्बुलेन्सका पाँचथान साँचोहरु आईएमसीले मन्त्री थापालाई हस्तान्तरण गरेको थियो जून थापाले एम्बुलेन्स चालकहरुलाई पछि हस्तान्तरण गरेका थिए ।

नासले यसअघि काठमाडौं उपत्यका र चीतवनमा दक्षआकस्मिक प्राविधिकहरु सहितको पूर्ण सुविधासम्पन्न ६ वटाएम्बुलेन्स संचालन गरिरहेको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ ।