गोमा एयरले नयाँ दुई विमान भित्र्यायो, दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यमा उडान गर्ने



काठमाडौं। गोमा एयरले आफ्नो सेवामा नयाँ दुई विमानहरु थप गरेको छ । कम्पनीले थप दुई एलईटी ४१० विमानहरु रुसी कम्पनीसँग खरिद गरी आइतवार नेपाल भित्राएको जानकारी दिएको छ ।

दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेशहुँदै नेपाल ल्याएका हुन् । दुइ जहाजहरुको थपवाट गोमा एयरसँग २ सेस्ना ग्राण्ड काराभान र ४ वटा एलईटी ४१० विमान गरि ६ विमानहरु भएको छ ।

छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानहरुले काठमाण्डौ, पोखरा, र नेपालगन्ज बाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना कम्पनीले वनाएको छ । सेवा विस्तारसँग चाहिने पुर्वाधारहरुको व्यवस्था कम्पनिले विमानहरु आउनु अगावै तयारी गरिसकेको जनाएको छ ।


क्लिकमान्डु