किंग्स् कलेजले ‘हाम्रो उत्सव’ आयोजना गर्ने



काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तुअन्तर्गत रहि यहि फाल्गुन १७ गतेदेखि सातदिने हाम्रो उत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । गत वर्षको किंग्स् उत्सवको सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रमको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको जानकारी दिएको छ ।

किंग्स् कलेजको प्रमुख दृष्टिकोण तीनवटा ईएजुकेशन (शिक्षा), आन्टरप्रेनरशिप, (उद्यमशिलता) र इन्टरटेनमेन्ट (मनोरञ्जन) माथि प्रमख जोड दिइएको सो उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुका लागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने बताईएको छ । सात दिने उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्ने आयोजकको दाबी छ ।

कलेजका कार्यकारी निर्देशक एवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, ‘हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरुसम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृथकरुपमा प्रस्तुत हुने उदेश्य राखेका छौं ।’

किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गरेको सो उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुका ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।


क्लिकमान्डु