पासाङल्हामु राजमार्गमा सवारीसाधन कारबाहीमा



रसुवा । नेपाल–चीन केरुङबीच व्यवसाय सञ्चालन भएपछि पासाङल्हामु राजमार्गमा ट्राफिक नियम उल्लङ्घनका कार्य बढ्न थालेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या गत साउनयता तीन हजार नौ सय ५० पुगेको र  उनीहरूलाई कारबाहीस्वरुप जरिवाना हुँदा ३० लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालयका निमित्त ट्राफिक इन्चार्ज प्रेमप्रसाद धमलाले गत वर्षको यस अवधिमा आठ लाख दुई हजार ६ सय रुपैयाँ जरिवाना गरिएको जानकारी दिए। नेपाल–चीनको व्यावसायिक कारोबार सञ्चालन भएपछि यातायात व्यवस्था विभागको अनुमति बिना नै सबारी साधन सञ्चालन हुँदै आएका छन् ।

यस्तै गत साउनदेखि माघ मसान्तसम्म रसुवा जिल्लामा ३६ वटा साना–ठूला सवारीसाधन दुर्घटनामा परेका र त्यसबाट दुई जनाको मृत्यु तथा ११ जना घाइते भएको निमित्त इन्चार्ज धमलाले बताए ।


क्लिकमान्डु