सिटी एक्सप्रेसबाट पैसा पठाउँदा सन्दिलिपले जिते काठमाडौंमा घडेरी




काठमाडौं । सनदिलिप कुमार महतोले सिटी एक्सप्रेसबाट काठमाडौंमा ४ आना घडेरी जितेका छन् ।

सिटी एक्सप्रेसले ०७३ सालको दशैं-तिहार र छठको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्’ योजना ल्याएको थियो ।

उनले साउदी अरबबाट ५६ हजार ४ सय ९७ रुपैयाँ सिटी एक्सप्रेसबाट नेपाल पठाएका थिए ।

सिटी एक्सप्रेसले आइतबार एक कार्यक्रम गरी महोत्तरी लक्ष्मिनिया ७, निवासी सनदिलिप कुमार महतोलाई ललितपुर गोदामचौरमा ४ आना घडेरी प्रदान गरिएको छ ।

सिटी एक्सप्रेसले सो योजना अन्तरगत प्रत्यक हप्ता १२ भाग्यमानीलाई ३२ इन्च एलइडी टेलिभिजन प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ । सेवाग्राहीलाई यस्तै प्रकारका प्रबद्र्धनात्मक कार्यक्रमहरु निरन्तर राख्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल