अनलाइन पत्रकार संघको अध्यक्षमा क्लिकमाण्डूका सम्पादक सत्याल निर्वाचित



काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा क्लिकमान्डु डटकमका सम्पादक शिव सत्याल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनलाइनखबर डटकमका सम्पादक अरुण बराल थिए ।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भएका छन् ।

केन्द्रीय पार्षदमा क्लिकमाण्डूका कार्यकारी सम्पादक पुष्प दुलाल, केपी ढुंगाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना, दिनेश बस्नेत सावित्री घिमिरे र अम्बिका दाहाल निर्वाचित भएका छन् ।


क्लिकमान्डु