श्वास फेर्न पाउनुपर्छ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)



काठमाडौं । संविधानको धारा ३० को उपधारा ९ सय १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने भन्ने संविधानकै उपधारा ९ सय २० मा उल्लेख छ ।

तर, संविधानको सोही धाराको उपयोग राजधानीबासीले गर्न पाएका छैनन् । न त उनीहरुले पीडकबाट कुनै क्षतिपूर्ति नै पाएका छन् ।

मेलम्ची खानेपानीको पाइपलाईन विस्तार र सडक विस्तारका कारण धुलाम्मे भएपछि काठमाडौंबासीले स्वच्छ श्वास फेर्न पाउनुपर्छ भन्दै प्रदर्शनसमेत गरेका छन् ।

बिहरीबार राजधानीमा गरिएको प्रदर्शनमा सयौंको संख्यामा उपस्थित थिए । सरकारलाई व्यंङ्ग्य गर्दै प्रदर्शनमा सहभागी सबैले मास्क लगाएका थिए ।

काठमाडौंको माइतिघर मण्डलामा ‘लेट मि ब्रेथ’ भन्ने नाराका साथ युवाहरुका समूहले विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुको समूहले वातावरण मन्त्रीलाई यस विषमा जानकारी गराउने उद्देश्यले हस्ताक्षर संकलन गरेका छन् ।


पुष्प दुलाल