हिमालय एअरलाईन्स सामाजिक उत्तरदायित्वमा



काठमाडौं। नेपाल र चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका बालबच्चाहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । एअरलाइन्सले सो संस्थालाई ३० किलोका १७ बोरा चामल, स्टेशनरी र चकलेट आदि सहयोग गरेको जानकारी दिएको छ ।

हिमालय एअरलाईन्सका अधिकारीहरु र प्रयास नेपाल संगठनका बालबच्चाहरु बिच अन्तरक्रिया समेत भएको थियो । बालबच्चाहरुले परम्परानुसार टिका, खादा साथै आफना हृदयस्पर्शी मुस्कान साथ एच नाइनको टोलीलाई स्वागत गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु