प्याब्सन अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित



काठमाडौं । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । प्याप्सनको १३ औं महाधिवेशनले सम्बाहाम्फेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्बाहाम्फेले ८ सय ७१ मत ल्याउदै टीकाराम पुरीलाई पराजित गरेका हुन् । पुरीको ७ सय ५१ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष सम्बाहाम्फेले अब प्याब्सनको एजेन्डालाई अघि बढाई प्याब्सनलाई समृद्व बनाउने बताए ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना १ हजार २ सय १६ मत प्राप्त गर्दै निर्वाचित गरेका छन् ।यस्तै खुला तर्फको उपाध्यक्षमा ईश्वर बहादुर गुरुङले १ हजार ४७ मत, आशिष श्रेष्ठले ८ सय ७७ मत, कृष्णप्रसाद अधिकारीले ७ सय ६१ मत तथा अनिल कुमार झाले ६ सय मत प्राप्त गरी विजयी भएका छन् ।

  त्यस्तै उपाध्यक्षतर्फ प्रदेश नं १ बाट शंकर थापा, प्रदेश नं २ बाट गोपाल कार्की, प्रदेश नं ६ बाट नवराज गुरुङ र महिला उपाध्यक्षतर्फ दीपिका थापा रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश नम्बर ३ बाट शान्ता बानियाँले ७ सय ४ मत, प्रदेश नं ४ पुष्पराज बराल ७ सय ४६, प्रदेश नं ५ निर्मल उपाध्याय ८ सय ४ मत, प्रदेश नं ७ प्रेमबहादुर चन्द र उपत्यका क्षेत्रबाट बिमल थापाले ८ सय ७० मत हासिल गर्दै उपाध्यक्ष पदका लागि चयन भएका छन् । 

महासचिवतर्फ राजेन्द्र बानियाँले गोपाल आचार्यलाई पछि पार्दै जित हात पारेका छन् । बानियाँले १ हजार १ सय ३७ मतले प्राप्त गरे भने आचार्यले ३ सय ९५ मत मात्र प्राप्त गरे । उपमहासचिवमा कुमार घिमिरेले ७ सय ३८ मत प्राप्त गर्दै ६ सय ९५ मत प्राप्त गरेका प्रतिद्वन्द्वी भुवनलाल श्रेष्ठलाई पराजित गरेका छन् ।

कोषाध्यक्षको टक्करमा भने सन्तोषमणी न्यौपानेलाई टंक भट्टराईले झिनो मतले पछि पार्दै विजय भए । टंक भट्टराईले ७ सय ३३ मतले जित हासिल गरे भने सन्तोषमणी न्यौपाने ७ सय २७ मत प्राप्त गरेका थिए ।

सचिव खुलातर्फ आरबी कट्वालले ७ सय ३७ मत, मधु लोहनीले ६ सय ३८ मत र भिमसेन केसीले ५ सय ८७ मत ल्याएर विजय भएका छन् । त्यस्तै महिला सचिवतर्फ ७ सय ८९ मत प्राप्त गरेकी प्रतिद्वन्द्वी विष्णु लक्ष्मी सिकर्र्मी संगीता सिलवालले ९ सय ८९ मत प्राप्त गर्दै पछि पारेकी छिन् । सह–कोषाध्यक्षमा सरिता देवकोटाले ८ सय २१ मत प्राप्त गरी जित हासिल गरेकी छन् भने प्रतिद्वन्द्वी ल्याएकी छन् ।


क्लिकमान्डु