उपभोक्ता मन्चले भन्योः पेट्रोलियम अभाव सिर्जना गर्नेलाई अत्यावश्यक सेवा बन्द गरेको अभियोग लगाऊ




काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारसँग माग गरेको छ । मञ्चले आपूर्तिमन्त्री दिपक बोहरालाई पत्र पठाउदै पेट्रोलियम पदार्थ जस्तो संबदेनशील बस्तुको सहज आपूर्ति कायम गर्न आग्रह गरेको हो ।

नेपाल आयल निगम पेट्रोलियम ढुवानीका क्रममा हुने अपचलनलाई न्यूनिकरण गर्नका लागि नियमावलीमा संशोधन गर्ने तयारीमा छ । ट्यांकरबाट हुने गरेको पेट्रोल चोरी न्यनुकरणका लागि निगमले नियमावली संशोधन गर्न लागेको छ । नियमावली संशोधन भएमा तेल चोरी गरेर बेच्न सकिने अवस्था रहदैन ।

नियमाबली संसोधनको विरोमा ट्यांकर ब्यवसायीले आन्दोलन गरेका हुन् । सोही आन्दोलनको कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको छ । यसरी आपूर्तिमा समस्या उत्पन्न भएपछि मन्चले विज्ञप्ति जारी गरेर यसको बिरोध जनाएको छ ।

निगमले अपचलनलाई न्यूनिकरण गर्नका लागि प्रतिस्पर्धात्मक वातावरणमा तेल ढुवानीको व्यवस्था मिलाउन नेपाल आयल निगमले तयारी गरे पनि अनैतिक र अवाच्छित दवाव दिने उद्देश्यले बन्द हडतालको धम्की दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्चको विज्ञप्तिमा उल्लेख छ ।

केही चालक, व्यवसायीले तेल चोर्न नपाउँदा अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको आपूर्ति व्यवस्थापनमा अवरोध सिर्जना हुने गरी हडतालका कार्यक्रम गरिनु दण्ड योग्य भएको मन्चको भनाइ छ । मञ्चलले यस्ता अनुचित र गैरकानूनी कार्य भएको गर्ने व्यक्ति तथा संस्थालाई अत्यावश्यक सेवा संचालन ऐन उल्लंघन गरेको अपराधमा आवश्यक कानूनी कारवाही गर्न माग गरेको छ ।

‘ट्यांकर परमिट रद्द गरी बैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्थापन सहज गर्न सरकारसँग जोडदार माग गर्दछौँ’ मञ्चद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु