‘बैंकहरु ट्र्याक बाहिर गएपछि राष्ट्र बैंकको लगाम’



काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पुँजी वृद्धिका कारण बैंकहरुमा समस्या आएको नभई नाफा कमाई हालौं न भनेर ट्र्याक बाहिर जाँदा समस्या आएको बताएका छन् ।

मंगलबार चालू आर्थिक वर्षको मध्यावधि समिक्षा गर्दै गभर्नरले बैंकहरु ट्र्याक बाहिर गएकाले राष्ट्र बैंकले लगाम लगाउनु परेको बताए ।

‘बिजनेश प्लान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्नुपर्ने थियो, त्यो नगरेर पैसा भइहाल्यो भन्दै हौसिएर लगानी गरिहालौं, नाफा लिइहालौं, भन्ने सोचले ट्र्याक आउट हुन खोजे, त्यसैले राष्ट्र बैंकले लगाम दिन खोजेको हो,’ गभर्नर डा. नेपाललले भने ।

मध्यावधि समिक्षामार्फत् राष्ट्र बैंकले अटो लोनमा मूल्यको ५० प्रतिशत मात्रै ऋण दिने व्यवस्था गरेको छ । त्यसैगरी, १ करोड रुपैयाँसम्म दिइँदै आएको ओभरड्राफ्ट लोनको सीमालाई घटाएर राष्ट्र बैंकले ७५ लाख रुपैयाँमात्रै दिन पाउने व्यवस्था गरेको छ ।

हिँजोका दिनमा राम्रोसँग तरलताको व्यवस्थापन गर्न नसकिएको गभर्नरले स्वीकार गरे ।

‘ठूलो आकारको बजेट आएकाले बजारमा तरलता फालाफाल हुन्छ भन्ने सबैको सबैको अनुमान थियो, तर त्यसो भएन,’ गभर्नरले भने,- ‘जसले तरलता व्यवस्थापन गर्न कठिन भयो ।’

केही पूर्वगभर्नर र केही अर्थशास्त्रीहरुले बैंकहरुको चुक्ता पुँजी बढाउने नीतिका कारण बैंकिङ प्रणालीमा समस्या आएको तर्क राख्दै आएका थिए ।

०७२ माघ मसान्त र ०७३ माघ मसान्तको बीचमा ९ अर्ब रुपैयाँ बराबरको हकप्रद र ५ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी भएको तथ्यांक प्रस्तुत गर्दै गभर्नरले भने,- ‘बेकारमा हौवा फैलाउनु भन्दा धितोपत्र बोर्डको तथ्यांक हेरेर बोल्दा लाम्रो हुन्छ ।’

जेठ महिनामा ३ अर्ब ३४ करोड, पुसमा १ अर्ब ४२ करोड, असारमा १ अर्ब २९ करोड र फागुन महिनामा ४८ करोडको एफपिओ जारी भएको उनले जानकारी दिए ।

‘जेठमा तरलता फालाफाल तरलता गिथो । बैंक र व्यवसायी साथीहरु यही हुनुहुन्छ, उहाँहरु यो पैसा के गर्ने भन्दै बारम्बार डेलिकेसन आउनुभयो, जसले गर्दा पुनरुद्दार कोष खोल्नुपर्ने स्थितिसमेत आएको थियो,’ उनले भने ।

सम्बन्धित समाचारहरु

टाउको दुखेको रोगमा राष्ट्रबैंकबाट टाउको दुखेकै औषधि पायौं : बैंकर्स 

अटो लोन मूल्यमा ५० प्रतिशतसम्म मात्रै, ओभरड्राफ्ट बढीमा ७५ लाखसम्म 

अटो लोनका कडाई गर्दा उत्पादशील क्षेत्रमा १२७ अर्ब लगानी बढ्छः गभर्नर

अटो र ओभरड्राफ्ट कर्जामा कडाई, उत्पादनशील क्षेत्रलाई अझै सहुलियत 

बचतको ब्याजदर कल डिपोजिटको भन्दा बढी, ऋणीले दुई विवरण पेश गरे बैकिङ कसुर 

 


पुष्प दुलाल