उपभोग्य वस्तुमा मिसावटले बाच्न पाउने अधिकार कुन्ठित



पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष अनुपराज शर्माले दैनिक उपभोग्य वस्तुमा मिसावट र रसायनको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराले आयोजना गरेको ‘व्यवसाय र मानवअधिकार’ विषयक दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले यसबाट मानिसको बाँच्न पाउने हकलाई समेत कुण्ठित पारेको बताए ।

उनले आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबैले मानवअधिकारको संरक्षण र संवद्र्धनमा बढी चनाखो हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा आयोगको क्षेत्रीय कार्यालयका प्रमुख सूर्यबहादुर देउजा र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ‘व्यवसाय र मानव अधिकार’, विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु