स्न्यापच्याटले आफ्नै स्मार्टफोन ल्याउने



काठमाडौं । फोटो साटासाट गर्ने मोबाइल सेवा प्रदायक स्न्यापच्याटले क्यामेर फिचरमा बढी नियन्त्रण हुने नयाँ एनरोइड स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

क्यालीर्फोनियास्थित एक मार्केटिङ कम्पनीकाअन’सार स्न्यापच्याटले ३६० डिग्री, वन टच क्यापचरलगायत क्यामेरा सुविधाहरु सो फोनमा हुने छन् ।

यस फोनमा लक स्क्रिनमा पनि स्न्यापच्याट नोटिफिकेसन, मेसेज अपडेटलगायत विज्ञापनहरु डिस्कोभर स्क्रिनमा भने जिपिएस, म्याप, स्न्यापच्याट स्टोरी र विज्ञापनहरु हुनेछन् ।

यही बर्षको शुरुवातमा स्न्यापच्याटले ३ अर्ब अमेरिकी डलर बराबरको आइपिओ जारी गरेको थियो ।

गुगल, फेसबुक ट्विटरसँग प्रतिस्पर्धा गर्दै स्न्यापच्याटले बिज्ञापनबाटै आफ्नो आम्दानी गर्ने लक्ष लिएको अमेरिकी समाचार संस्था ब्ल’मबर्गले जनाएको छ ।


पुष्प दुलाल