सिद्धार्थ डेभलपमेन्ट बैंकले तानसेनमा शाखा खोल्यो



काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले पाल्पाको तानसेनमा शाखा कार्यालय खोलेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले तानसेन शाखाको उद्घाटन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले पाल्पामा ३४ औ शाखा खोलेर तम्घासमा पनि शाखा खोल्न लागेको जानकारी दिए ।

शाखा खोलेकै दिन बैंकमा २ सयभन्दा बढी खाता खोलेको बैंकले जनाएको छ ।

 


पुष्प दुलाल