सहज हुँदै तरलता, अन्तरबैंक व्याजदर १ प्रतिशत कम




काठमाडौं । केही महिनायता लगानी योग्य रकम (तरलताको चरम अभावको समस्या भोगेको बैंकिङ क्षेत्रलाई अहिले केही सहज भएको छ ।

बैंकहरुले एकआपसमा गर्ने कारोबार अन्तर बैंक कारोबारको व्याजदर १ प्रतिशतभन्दा कममा झरेको छ भने बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ अधिक तरलता छ । यो तथ्याङक बुधबार साँझको हो ।

महिनादिन अघि बैंकहरुको अन्तर बैंक कारोबारको व्याजदर ६.७८ प्रतिशत थियो भने तरलता १७ अर्ब रुपैयाँले ऋणात्मक थियो ।

‘औषत साढे ७ प्रतिशतसम्म पुगेको अन्तर बैंक कारोबारको व्याजदर ०.९० प्रतिशतमा झर्नुले बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको प्रष्ट पार्छ,’ राष्ट्र बैंकको राष्ट्र ऋण व्यगवस्थापन विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले क्लिकमाण्डूसँग भने ।

तरलताको चरम अभाव हुँदा बढाएको व्याजदर अब तरलता सहज हुन थालेपछि बैंकहरुले क्रमश घटाउँदै लैजाने संकेत गर्छ । तरलताको चरम अभाव हुँदा बैंकहरुले निक्षेपमा १४ प्रतिशतसम्म व्याज दिएका थिए ।

अझै पनि सरकारी ढुकुटीमा २ खर्ब भन्दा बढी थन्किएर बसेको छ । सरकारले सो रकम खर्च गर्ने हो भने बैंकिङ प्रणालीमा तरलताको अवस्था फालाफाल हुने देखिन्छ ।

तर, आर्थिक वर्षको ७ महिना वित्दा पनि सरकारको विकास खर्च भने १७ प्रतिशत मात्रै हुनुले भने राम्रो संकेत गर्दैन ।

सम्बन्धित समाचार

१० प्रतिशत व्याजदरमा अन्तर बैंक कारोबार, तरलता १७ अर्बले ऋणात्मक 


पुष्प दुलाल