वाईडबडी जहाजको बैना रकम पठाउन खुल्यो बाटो



काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम पठाउने प्रक्रियामा बाटो खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर शाहीले फाइल तीन साता कव्जा गरेपछि बैना रकम पठाउने प्रक्रियामा अवरोध आएको थियो । मन्त्री शाहीले आइबार मात्र फाइल स्विकृत गरेको स्रोतले जानकारी दियो ।यो विषयमा क्लिकमान्डुले समाचार सार्वजनिक गरेको थियो ।

बैना रकम पठाउन मन्त्री शाहीले अवरोध गर्दा अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई १० अमेरिकन डलर (अर्थात १० करोड ८० लाख रुपैयाँ) बैना स्वरुप रकम पठाउन निगमले सकेको थिएन ।

मन्त्रीमा नपुग्नु पर्ने फाइल एकाएक मन्त्रीले मगाएर तीन साता देखि थन्काउँदै अन्तत दुई दिन अगाडि स्विकृति दिएका हुन् ।

मन्त्रीले स्वीकृति दिएसंगै निगम व्यवस्थापन डलर सटही सुविधाका लागि राष्ट्रबैंक पुगेको छ । ‘राष्ट्रबैंकबाट डलर सटही सुविधा लिएर बैना रकम पठाउने छौ,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । बैना रकम पठाएपछि खरिद सम्झौता अगाडी बढ्ने कंसाकारले जानकारी दिए ।

कम्पनीलाई दुई साता अगाडी नै रकम पठाउनको लागि निर्णय गर्दै स्वीकृतिको लागि निगम संचालक समितिले मन्त्रालय पठाएको थियो । मन्त्रालयले स्वीकृति गरेपछि मात्र निगम व्यवस्थापनलाई राष्ट्र बैंकले डलर सटहीको सुविधा दिने व्यवस्था रहेको छ । मन्त्रीमा नपुग्नु पर्ने फाइल एकाएक मन्त्रीले मगाएर तीन साता देखि थन्काउँदै अन्तत दुई दिन अगाडि स्विकृति दिएका हुन् ।

अमेरिकी कम्पनीसँग भएको सैद्धान्तिक समझदारी अनुसार एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाज खरिद लागि १० लाख अमेरिकन डलर रकम पठाउने सहमती भएको छ । एकसाता अगाडीनै पठाउनु पर्ने रकम मन्त्रीका कारण रोकिएको थियो ।
सहसचिवले निर्णय गरे हुने फाइल एक्कासी मन्त्रीले मगाएर राखेपछि जहाज खरिद प्रक्रियामै समस्या आउने हो कि भन्ने चिन्ता सरोकारवालाहरुले गरेका थिए । निगमले डेढ महिना अगाडी कर्पोरेसनसँग जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

निगमले जहाजका लागि आह्वान गरेको ग्लोवल टेन्डरमा अमेरिकी कम्पनीले ब्रान्ड न्यू जहाजनै दिने गरी प्रस्ताव गरेको थियो । जुन टेन्डरमा सहभागी ११ कम्पनी मध्ये सवैभन्दा सस्तो समेत दिने प्रस्ताव गरेको थियो । सोहीलाई आधार मानेर निगमले गठन गरेको प्राविधिक सिफारिस समितिले निगम संचालक समितिलाई कर्पोरेसनको नाम एक महिना अगाडीनै सिफारिस गरेको थियो । निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेशनले पेश गरेको थियो । ‘बैना रकम पठाएपछि मात्रै खरिद सम्झौताको प्रक्रिया सुरु हुने हो,’ स्रोतले भन्यो । कम्पनीले समझदारी पत्रमा १६ महिना भित्रमा दुई जहाज उपलव्ध गराउन सहमत भएको छ । निगमको समय तालिका अनुसार पहिलो जहाज २०७४ असोज भित्रै काठमाडौं आउने छ । भने दोस्रो २०७४ को चैत भित्रै जहाज काठमाडौं आउने छ ।

निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिलो १२ देखि १८ सिट विजनेश क्लास, ३० देखि ३६ इन्च फराकिलो इकोनोमी क्लास गरी २८० सिट हुनेछन । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।


क्लिकमान्डु