एक महिनाभित्र काठमाडौं-तराई फास्ट ट्रयाकको शिलन्यास गर्ने प्रचण्डको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले काठमाण्डौ तराई जोडने द्रुतमार्ग निर्माणको शिलन्यास एक महिनामा गर्ने बताएका छन् । दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल सुरु गर्न सरकारलाई दवाव दिने उद्देश्यले स्थानीयले सुरु गरेको रिले अनशन कार्यक्रम जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा आफैले शिलन्यास गर्ने गरी काम अघि बढिरहेको जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनामा परेका दुबै अयोजनामा भइरहेको ढिलासुस्ती विरुद्ध एमाओवादी केन्द्रका केन्द्रीय सदस्य रवि दङ्गालको नेतृत्वमा स्थानीयले निजगढस्थित पुर्वपश्चिम राजमार्ग नजिक फास्टट्या गेटमा डेढ सातादेखि रिले अनशन गर्दै आएका छन । प्रधानमन्त्री प्रचण्डको शंवोधनस संघर्ष समितिले रिले अनसन र आन्दोलनकाका कार्यक्रम फिर्ता लिएका छन ।

द्रुतमार्ग निर्माण कसले गर्ने भन्ने देखिएको अन्यौलताको अन्त्य भसकेको भन्दै प्रचण्डले बढीमा एक महिनाभित्र काम सुरु हुने कुरामा ढु्क्क रहन आग्रह गरे । योजना निर्माणका लागि जनताले दिईरहेको दवावलाई सम्बोधन गर्न आफुले गम्भिर भएर पहल गरिरहेको पनि उनको भनाई थियो ।

द्रुतमार्ग कस्तो नमुनाको बनाउने र वित्तिय ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित ७ सदस्यीय बिशेष समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने र सोही आधारमा निर्माण प्रक्रिया सुरु हुने प्रधान मन्त्री प्रचण्डले बताए ।

‘समितिले मन्त्रीपरिषदलाई प्रतिवेदन अब छिट्टै बुझाउनेछ अनि त्यसै अनुसार काम अगाडी बढाउनेछौ,’ प्रचण्डले भने ‘अब अनसनमा बस्न जरुरी छैन, आन्दोलनकारीको मागलाई सरकारले गम्भिर रुपमा लिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको पनि प्रक्रियामा शुरु भएको र स्थानीयको बसोबास ब्यवस्थापन र मुआब्जा माग बारे पनि चाढै टुङ्गोमा पुगिने आश्वासन दिए ।

बिमानस्थलका लागि प्रस्तावित क्षेत्र भित्र पर्ने टांगीयावस्तीका १ हजार ४ सय ७४ घर परिवारलाई उचित स्थानमा ब्यवस्थित गर्नका लागि पनि जिल्ला प्रशासन कार्यलय बारामार्फत मुआब्जा दिने बिषयमा जाचबुझ भईरहेको र १० दिनभित्र सो को प्रतिवेदन समेत प्राप्त हुने प्रचण्डले बताएका छन् ।

‘बिमानस्थल निर्माणको बस्ती ब्यवस्थापन र मुआब्जाको कारणले ढिलाई भएको छ, त्यसका लागि पनि तत्काल परिणाम देखिने गरी काम भईरहेको छ,’ प्रचण्डले भने ।

मेलम्चीदेखी देशका विभिन्न भागमा रहेका आयोजनाको अवस्था बुझेर काम अगाडी बढाउन आफु लागिरहेको भन्दै प्रचण्डले बिकासका कामलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताए । प्रचण्डले निजगढमा जारी अनशनलाई टुंग्याएर खबरदारीमा लाग्न आग्रह गरे । उनले तराईमा हुलाकी मार्ग, पुर्वपश्चिम रेल लगायतका आयोजनाको काममा पनि सरकारले तिव्रता दिने सुनाए ।

कार्यक्रममा उपस्थित फास्टट्याक आयोजना प्रमुख सत्यन्द्र शाक्यले संचारकर्मीसंग कुरा गर्दै प्रधान मन्त्रीको संवोधनले आयोजनाको काम अघि बढाउने ढोका खुलको बताए ।

‘आयोजनाको काम शुरु गर्ने तयारीमा थियौं, प्रमुख शाक्यले भेन, प्रधान मन्त्रीको पछिल्लो शंंवोधनपछि थप तिव्रता दिइने छ ।’ आयोजना अन्तरगत पुर्व पश्चिम राजमार्गको निजगढबाट मकवानपुरको छतिवनसम्मको ट्टयाकमा बिहिबारबाट नै मर्मत र सररफाईको काम शुरु गरिसको पनि उनले जानकारी दिए ।

‘यसै आर्थिक बर्षमा स्थानीयले प्रयोग गर्न सक्ने गरी ट्टयाक तयार पारिने छ, प्रमुख शाक्यले भने, निर्माणको काम भने मोडल तयार पारेपछि मात्र सुरु हन्छ ।’

सरकारले दु्रत मार्ग निर्माणको लागि चालु आर्थिक बर्षमा १० अर्ब र अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि २ अर्ब रुपैया विनियोजन गरेको भएपनि मोडल र अन्य प्रकृया पुरा गर्न नसक्दा आयोजनाको काम शुरु हुन पाएको छैन । संघर्ष समितिका संयोजक दङ्गालले प्रधानमन्त्रीको शंवोधनपछि आफुहरुले गर्दै आएको संघर्षका सबै कार्यक्रम फिर्ता भएको जानकारी ििदए ।

‘सरकारको प्रमुख व्यक्तिले नै माग पुरा गर्ने आवश्वासन दिएपछि आन्दोलन गरिरहनुको औचित्य छैन, उनले भने प्रधान मन्त्रीको आश्वासन अनुसार काम पुरा नभए फेरि आन्दोलनमा उत्रिने छौ ।’

यसअघि ट्याक हुदै राजधानी काठमाण्डौंसम्मको पैदल यात्रा पुरा गरेर फर्किएको संघर्ष समितिले प्रस्तावित फास्टट्याक प्रवेश व्दारमा गत माघ २२ बाट रिले


पुष्प दुलाल