बीमक संघको अध्यक्षमा बिजय बहादुर शाह फेरी आए, नयाँ कार्यसमिति निर्विरोध



काठमाडौं । नेपाल बीमक संघको आज सम्पन्न १५ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न भएको साधारण सभाले बिजय बहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमितीलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष संघको अध्यक्षमा पुन निर्वाचित भएका हुन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यसैगरी उहाँ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजन उपाध्यक्ष पदमा निर्वाचित भएका छन । यस अघिको कार्यसमितिमा उनी कोषाध्यक्ष थिए ।

संघको महासचिवमा एनबी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ निर्वाचित भए । अघिल्लो कार्यसमितिमा पनि उनी महासचिवको पदमा नै कार्यरत थिए ।

कोषाध्यक्षमा बिरेन्द्र बहादुर बैदवार क्षेत्री चयन भएका छन्, उनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यसैगरी सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधान निर्वाचित भएको संघले जानकारी दिएको छ ।

साधारण सभा तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रमका बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले निर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको लागी अग्रीम बधाई दिए ।


क्लिकमान्डु