चुनढुंगा उत्खनन् गरे वापत २३ सिमेन्ट उद्योगले तिरे सवा ६ करोड रोयल्टी




काठमाडौं । सिमेन्ट उद्योगहरुले चुनढुंगा उत्खनन् गरेवापत राज्यलाई ठूलो परिमाणको रोयल्टी तिर्न थालेका छन् । सिमेन्ट उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन् गरेवापत सिमेन्ट उद्योगले यसरी रोयल्टी तिर्ने गरेका हुन् ।

सिमेन्ट उद्योगले चुनढुंगा प्रयोग गरे वापत गत बर्षको चैत मसान्तसम्मा मात्रै ६ करोड २२ लाख ७६ हजार रुपैयाँ रोयल्टी तिरेका छन् । सरकारबाट अनुमती लिएर देशका बिभिन्न स्थानमा रहेका २३ कम्पनीले चुनढुंगा उत्खनन् बाट सो रोयल्टी तिरेका हुन् ।

खानी तथा भूगर्व विभागले दिएको जानकारी अनुसार चुनढुंगा उत्पादनको लागि सरकारबाट ३५ कम्पनीले अनुमती लिएका छन् । यसमध्ये २३ कम्पनीले उत्पादन गरेर सरकारलाई रोयल्टी तिरेका छन् ।

कम्पनीहरुले देशका बिभिन्न ४४ स्थानमा चुनढुंगा उत्खनन् को अनुमति लिएका छन् । जसमध्य १२ स्थानमा उत्पादनको सुरु नभएकाले ती स्थानबाट भने रोयल्टी उठेको छैन ।

चुनढुंगा उत्खन गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै रोयल्टी मकवानपुर जिल्लमा उद्योग रहेको शिवम् सिमेन्टले तिरेको छ । शिबमले १ करोड ५५ लाख ४१ हजार रुपैयाँ रोयल्टी तिरेको हो ।

सबैभन्दा कम रोयल्टी तिर्ने उद्योग कसमस सिमेन्ट हो । उदयपुर जिल्लामा उद्योग रहेको कसमस सिमेन्ट ३ हजार रुपैयाँ रोयल्टी तिरेको छ ।

कुन उद्योगले कति तिर्छन् रोयल्टी ?
अन्नपूर्ण क्वरिज धादिङ रु. ५२६६२८४

अर्घाखाँची सिमेन्ट अर्घाखाँची रु १९३३४४

बरदेहु सिमेन्ट एण्ड स्टोन इन्डस्ट्रीज ललितपुर रु ६५१५२९

विश्वकर्मा माइन्स एण्ड मिनरल दाङ रु २७२८४०५

कसमस सिमेन्ट इन्डस्ट्रिज उदयपुर रु ३०००

डोलोमाइट लाइमस्टोन उद्योग पाल्पा रु ६६१०५६

हेटौंडा सिमेन्ट धादिङ/मकवानपुर रु ६६५९५९

कन्चन क्वारिज पाल्पा रु ४४४४१३४

लक्ष्मी सिमेन्ट उद्योग ललितपुर रु २४९००

मारुती सिमेन्ट सिन्धुली रु २९३९८५६

निगल सिमेन्ट धनकुटा रु १८५१५३८

रोल्पा सिमेन्ट रोल्पा रु ६२३७९९

सर्वोत्तम सिमेन्ट पाल्पा रु १३५९१००४

सुभश्री अग्नी सिमेन्ट उद्योग प्युठान रु १६५००

सिद्धार्थ मिनरल पाल्पा रु ७२६७७१६

शिवम् सिमेन्ट मकवानपुर रु १५५४१०७४

सोनापुर सिमेन्ट दाङ/रोल्पा रु ९३४६७५२

स्टार लाइम इन्डस्ट्रिज चितवन रु १०२६०००

टडी सिमेन्ट एण्ड लाइम इन्डस्ट्रिज नुवाकोट रु ७४३४५५

तारा चन्द्र केडिया मकवानपुर रु ४१६१०

उदयपुर सिमेन्ट इन्डस्ट्रिज उदयपुर रु २०२८०००

उदयपुर मिनरल टिज उदयपुर रु ६००००

युनाइटेड सिमेन्ट ललितपुर रु १९९८१०८


क्लिकमान्डु