बार्षिक १८ लाख मेट्रिक टनभन्दा बढी चुनढुंगा उत्पादन हुँदै




काठमाडौं । नेपालमा वार्षिक १८ लाख टनभन्दा बढी चुनढुंगा उत्पादन हुने गरेको छ । सरकारबाट अनुमति लिएर देशका बिभिन्न स्थानमा २२ कम्पनीले सो परिमाणको चुनढुंगा उत्पादन गरिरहेका हुन् ।

खानी तथा भूगर्व विभागले दिएको जानकारी अनुसार चुनढुंगा उत्पादनको लागि सरकारबाट ३५ कम्पनीले अनुमति लिएका छन् । यसमध्ये २२ कम्पनीले अहिलेसम्म उत्पादन गरेका छन् ।

उत्पादन गर्ने कम्पनीहरुले बार्षिक १८ लाख ९ हजार २० टन चुनढुंगा उत्पादन गर्ने गरेका छन् । यस्तो चुनढुंगा सिमेन्ट बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुने गरेको छ ।

कम्पनीहरुले देशका बिभिन्न ४४ स्थानमा चुनढुंगा उत्पादनको अनुमति लिएका छन् । सबैभन्दा धेरै चुनढुंगा शिबम् सिमेन्टले उत्पादन गर्ने गरेको छ ।

चुनढुङ्गा उत्खन गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै मकवानपुर जिल्लमा उद्योग रहेको शिवम् सिमेन्टले ७ लाख ५१ हजार मेट्रिक टन चुनढुङगा उत्खन गर्ने गरेको छ । सबैभन्दा कममात्रामा उदयपुर जिल्लामा उद्योग रहेको कसमस सिमेन्ट इन्डस्ट्रिजले ५० मेट्रिक टन उत्खन गर्ने गरेको छ ।

यी हुन् चुनढुंगा उत्पादन गर्ने कम्पनी र उत्पादन (परिमाणम मे.टनमा)

अन्नपूर्ण क्वरिज धादिङ ८७७७१.४

अर्घाखाँची सिमेन्ट अर्घाखाँची ३१७२.४९

बरदेहु सिमेन्ट एण्ड स्टोन इन्डस्ट्रीज ललितपुर १३१३२.६८

विश्वकर्मा माइन्स एण्ड मिनरल दाङ ९६८८९.६८

कसमस सिमेन्ट इन्डस्ट्रिज उदयपुर ५०

डोलोमाइट लाइमस्टोन उद्योग पाल्पा ११०१७.६

हेटौंडा सिमेन्ट धादिङ/मकवानपुर ११०९९.३२

कन्चन क्वारिज पाल्पा २९२९६.५२

लक्ष्मी सिमेन्ट उद्योग ललितपुर ४१५

मारुती सिमेन्ट सिन्धुली १३७९७१.०८

निगल सिमेन्ट धनकुटा ३४९२६.५

रोल्पा सिमेन्ट रोल्पा १४१९६.६६

सर्वोतम सिमेन्ट पाल्पा २२०५१६.७४

सुभ श्री अग्नी सिमेन्ट उद्योग प्युठान २६५

सिद्धार्थ मिनरल पाल्पा १२११२८.६१

शिवम् सिमेन्ट मकवानपुर ७५१८४०.०८

सोनपुर सिमेन्ट दाङ÷रोल्पा १६०६२

स्टार लाइम इन्डस्ट्रिज चितवन १७१००

टडी सिमेन्ट एण्ड लाइम इन्डस्ट्रिज नुवाकोट १२५७९.३६

उदयपुर सिमेन्ट इन्डस्ट्रिज उदयपुर ३३८००

उदयपुर मिनरल टिज उदयपुर १००

युनाइटेड सिमेन्ट ललितपुर ५०४३३


क्लिकमान्डु