सीसीडी रेसियो ८२ प्रतिशत हुँदा कृषि विकासको नाफा ९० करोड



काठमाडौंः सरकारी लगानीको कृषि विकास बैंकको कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो) ८२.९७ प्रतिशत पुगेको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले राष्ट्र बैंकले तोकेको ८० प्रतिशतको सीसीडी रेसियोलाई नाघेको हो ।

राष्ट्र बैंकले बनाएको नियमलाई उलंघन गर्नेमा सरकारी लगानीको कृषि विकास बैंक भएको छ । यसभन्दा अगाडिपनि सरकारी बैंकले केन्द्रीय बैंकको नीति उंलघन गर्दा खासै कारवाही हुने गरेको थियो ।

कृषि विकास बैंकले वित्तीय विवरणले कर्जा प्रवाहको लागि सबैभन्दा बढी समस्या कृषि विकास बैंकलाई भएको देखिन्छ । बैंकले एक वर्षको अवधीमा अत्याधिक कर्जा लगानी गरेको देखिन्छ । अघिल्लो वर्षको पुस मसान्तमा बैंकको सीसीडी अनुपात ७२.०२ प्रतिशत थियो ।

पुस मसान्तसम्ममा बैंकले ८७ अर्ब ६५ करोड निक्षेप रहेको बैंकले ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा ८२ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा ६७ अर्ब रुपैयाँ कर्जा थियो । बैंकले आवासीय घर निर्माण र ओभर ड्राफ्टमा अत्याधिक कर्जा दिएको देखिन्छ ।

बैंकले ब्याज आम्दानी मार्फत ३ अर्ब १० करोड कमाएपनि अत्याधिक कर्मचारी खर्चको कारण खुद नाफा भने ९० करोड मात्र गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा बैंकको ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ तथा नाफा ३८ करोड थियो ।
बैंकले कर्मचारी खर्चमा मात्र पुस मसान्तसम्ममा १ अर्ब ८० करोड खर्च गरेको छ । यस्तै ३८ करोड रुपैयाँ आयकर तिरेको छ । पुँजीमा प्रतिफल(आरओई) भने १० प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी(इपिएस) २९.४९ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु