यती बैंकको आस्वा बचत योजना, बचतमा ६ प्रतिशत ब्याज



यती डेभलपमेण्ट बैंकले यहि मिती २०७३ माघ १४ गते देखि लागु हुने गरी निक्षेपकर्ताहरुको लागि आकर्षक ब्याज सहितको यती आस्वा बचत योजना संचालनमा ल्याएको छ ।

न्यूनतम रु १००/ बाट खाता खोल्न सकिने यस निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खातामा नै बार्षिक ६ प्रतिशतको आकर्षक ब्याज प्राप्त गर्न सक्ने छन् ।

धितो पत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरेको यती डेभलपमेण्ट बैंकले बिभिन्न कम्पनीहरुको शेयर फारम भर्न ग्राहकहरुलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम् प्रतिफल दिने अभिप्रायले यस प्रकारको खाता संचालनमा ल्याएको जनाएको छ ।


क्लिकमान्डु