फेब्रुअरी महिनाभर ‘आयोडिन मन्थ’ मनाईँदै, आयोडिनयूक्त नूनबारे जनचेतना अभिवृद्धि गर्ने



काठमाडाैं । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उदेश्य अनुरुप सन् २०१७ को फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना को रुपमा माघ १९ गते तारिखदेखि महिनाभरी सरकारले आयोडिन मन्थका रुपमा मनाउने भएको छ ।

नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहर मध्ये सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र भिजिबल गोईटर निर्मुल भई सकेको छ । नेपाल सरकारले दिएको निर्देशन अनुसार साल्ट ट्रेडिंग कर्पोरेशनले आयोडिन युक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउन प्रयास भई रहेको जानकारी दिएको छ ।

सन् २०१४ को नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्भे अनुसार  ८१.५ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको छ ।

सरकारले विगत ५३ वर्ष देखी साल्ट ट्रेडिंग कर्पोरेशनलाई आयोडिनयूक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेबारी दिईएको छ ।


क्लिकमान्डु