सांसद् श्रेष्ठले छाडे जनता बैंक, नयाँ अध्यक्षमा रायमाझी



काठमाडौं। जनता बैंकको अध्यक्षमा केशवबहादुर रायमाझी चयन भएका छन् । बैंकको संचालक समितिको बैठकले संचालक रहेका रायमाझीलाई अध्यक्षमा चुनेको हो । व्यवस्थापिका संसद्का सदस्य रहेका उदय नेपाली श्रेष्ठले अध्यक्ष पद त्यागेपछि रायमाझी अध्यक्ष बनेका हुन् ।

व्यवस्थापिका संसद्ले हालै पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमा संवैधानिक पदमा रहेका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न रोक लगाएको छ ।

यसभन्दा अगाडि प्राइम बैंकबाट सांसद् रहेका उमेशलाल श्रेष्ठले बैंक अध्यक्षबाट राजिनामा दिएका थिए । अझै करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाका संचालक व्यवस्थापिका संसद् सदस्य छन् ।


क्लिकमान्डु