माघ १६ र १७ गते शहीद परिवारलाई चन्द्रागिरिमा बिषेश छुट



काठमाडौं । शहिद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचयप्राप्त सदस्यहरुलाई ५० प्रतिशतछुट दिने भएको छ ।

शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूपशहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

जस अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय ५० मा प्राप्तगर्न सकिनेछ । टिकट खरिदगर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथमै लिई आउनुपर्ने छ ।

यो सुविधा अन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकटकाउन्टरबाटमात्रलिनुपर्नेछ ।


क्लिकमान्डु