सुबिसुकाे ‘जम्बो अफर’, क्लियर टिभी र इन्टरनेटमा नयाँ याेजना



काठमाडौं। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि जम्बो अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट र क्लियर टिभीको कम्बो सेवा तथा क्लियर टिभीको लागि नयाँ योजना ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सूपर कम्बो अफर केबल रु ७९९९/- मा प्राप्त गर्न सक्नेछन, जसमा ३ महिनाको लागि २ एमबीपिएस इन्टरनेट तथा क्लियर टिभी प्रिमियम प्याकेजका साथै ग्राहकहरुले  वाईफाई राउटर, क्लियर टिभी सेट टप वक्स,  जडान खर्च  निस्शुल्क रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै प्याकेज अन्तर्गत ग्राहकहरुले बिहानको १बजे देखि बेलुकी ५ बजे सम्म२ एमबीपिएसको डबल ब्याण्डविथ प्राप्त गर्ने बताईएको छ ।

त्यस्तै क्लियर टिभी अफर केबल रु २९९९/- मा प्राप्त गर्न सकिने छ, जसमा २ महिनाको लागि क्लियर टिभी प्रिमियम प्याकेजका साथै ग्राहकहरुले क्लियर टिभी सेट टप बक्स जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्नेछन् ।

ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सूपर कम्बो अफर ६ महिनाका लागि रु १०,९९९ /- र १२ महिनाका लागि रु १९,९९९/- मा प्राप्त गर्न सक्ने तथा क्लियर टिभी अफर ६ महिनाका लागि रु ५,६९९ /- र १२ महिनाका लागि रु ८,९९९/- मा प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफर क्यान इन्फोटेक मेला अवधिभर मात्र लागु हुने कम्पनीले उल्लेख गरेको छ ।


क्लिकमान्डु