बिहीबार फेरि २० अर्बको रिपो




काठमाडौं । राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गरेर तरलता प्रवाह गर्ने भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने जानकारी दिए ।

‘बजारमा देखिएको तरलता अभाव हटाउनको लागि रिपो जारी गर्न लागिएको हो,’ पौडेलले भने ।

यसअघि राष्ट्र बैंकले जारी गरेको रिपोमा बैंकहरुको आकर्षण देखिएको थिएन ।बुधबार जारी गरेको १० अर्ब रुपैयाँको विकास ऋणपत्रमा ३ अर्ब १४ करोड रुपैयाँको आवेदन परेको र एउटा वित्तीय संस्थाले सो उपकरण प्रयोग गरेको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि राष्ट्र बैंकले ऋणपत्र, रिपोलगायतबाट बजारमा तरलता प्रवाह गरिरहेको छ ।

यद्यपि राष्ट्र बैंकले प्रयोग गरेको औजारले प्रभावकारी काम गर्न सकेको भने छैन ।


पुष्प दुलाल