नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट देश



Under-the-table transactions…

काठमाडौं । बढ्दो राजनीतिक अस्थिरतासँगै नेपालमा भ्रष्टाचार पनि मौलाएको छ । बढ्दो भ्रष्टाचारकै कारण नागरिकहरु आधारभूत आवश्यकता प्राप्त गर्नबाट बञ्चित भएको निष्कर्श निकाल्दै बुधबार ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजानिक गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१६ मा अध्ययन गरी सार्वजानिक गरेको प्रतिवेदन अनुसार नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट मुलुक भएको देखिएको हो । बढ्दो भ्रष्टाचार चिन्ताको विषय भएको ट्रान्सपरेन्सीको प्रतिवेदनमा उल्लेख छ ।

ट्रान्सपरेन्सीले विश्वभरका १७६ देशमा भ्रष्टाचारबारे अध्ययन/अनुसन्धान गरी हकेर वर्ष भ्रष्टाचारको सूचकांकसहितको प्रतिवेदन सार्वजानिक गर्दै आएको छ । ट्रोन्सपरेन्सीले सन् २००४ देदखि नेपाललाई पनि अध्ययनमा समावेस गरेको हो ।

बुधबार प्रकाशति प्रतिवेदन अनुसार नेपालले सन् २०१६ को भ्रष्टाचार सूचकांकमा २९ अंक पाएर १ सय ३१औं स्थानमा छ । जबकी सन् २०१५ को ट्रान्सपरेन्सीकै प्रतिवेदनमा नेपाल २७ अंक पाएर १ सय ३०औं स्थानमा थियो ।

‘भ्रष्टाचारकै कारण गरिब तथा शक्तिहीन मानिसहरु भोकभोकै सुत्न बाध्य भएका छन् भने शक्तिशाली र भ्रष्ट व्यक्तिहरु बिलासी जिबन विताइरहेका छन्,’ प्रतिबेदनमा भनिएको छ ।

दक्षिण एशियामा भुटान कम भ्रष्ट

दक्षिण एशियाली देशहरुमा सबैभन्दा कम भ्रष्ट मुलुकको सूचीमा भुटान छ । भूटानले ६५ अंक पाएको छ भने भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ ।

त्यसैगरी, माल्दिभ्स र श्रीलंका ९५औं स्थानमा छन् । ३२ अंकसहित पाकिस्तान ११६औं स्थानमा छ ।
नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ । २६ अंकसहित बंगलादेश १४५औं स्थानमा र अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छन् ।

भारत र चीनमा बराबर भ्रष्टाचार

नेपालका दुई छिमेकी मुलुक नेपालभन्दा कम भ्रष्ट भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार दुबै देशले भ्रष्टाचार सूचकांकमा बराबर अंकसहित बराबर स्थान पाएका छन् । भारत र चीन दुबै देश ४० अंकसहित भ्रष्टाचार हुने देशहरुको सूचीमा ७९औं स्थानमा छन् ।

डेनमार्क र न्यूजिल्याण्ड विश्वकै कम भ्रष्ट

ट्रान्सपरेन्सीका अनुसार डेनमार्क र न्यूजिल्याण्ड विश्वकै कम भ्रष्टाचार हुने मुलुकमा पर्छन् । दुबै देशले ९० अंक पाएका छन् । ट्रान्सपरेन्सीको यो सूचकांकमा जसले धेरै नम्बर ल्याउँछ त्यहाँ कम भ्रष्टाचार र जसले कम नम्बर ल्याउँछ त्यहाँ बढी भ्रष्टाचार हुन्छ भन्ने अर्थ हो ।

सोमालिया विश्वकै सबैभन्दा बढी भ्रष्ट

१० अंकसहित सोमालिया भन्ने देश विश्वकै सबैभन्दा बढी भ्रष्ट मुलुकको सूचीमा परेको छ ।

 


पुष्प दुलाल