ब्याजदर बढेपछि पुँजी बजारमा पहिरो



काठमाडौं । बुधबार नेप्से कारोबारमा ठूलो पहिरो गएको छ । बुधबार नेप्से परिसुचक ३६.३८ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा नेप्से सुचक अडेको हो ।

बुधबार १ सय ३५ कम्पनीका १७ लाख ४५ सय ८२ कित्ता सेयर किनबेच भएको छ । बजारमा ५९ करोड २८ लाख ६० हजार २ सय ५४ रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा एक समुहकोे बाहेका सबै समूहको परिसूचक रातो देखिएको छ । आज परिसुचक हरियो हुनेमा उत्पादन मुलक समुह १२.६१ अंकले वृद्धि भएको हो । बीमा समूह २६७.४१, होटल समूह ५८.५६ र जल विद्यृत समूह ५१.४९ अंकले कमी आएको हो ।

राष्ट्रिय बीमा कम्पनी र नेरुडे लघुवित्त विकास बैंकमा क्रमस १० र ९.९८ प्रतिशतले घटेका छन् । गरिमा विकास बैंक र युनिलिभर नेपाल लिमिटेड क्रमस २.६६ र २ प्रतिशतले वृद्धि भएका छन् ।

निरन्तरको बढ्दो ब्याजदरका कारण सेयर बजारमा भन्दा कम जोखिम मोलेर मुद्दति निक्षेपमार्फत् आकर्षक कमाई हुने भएपछि नेप्से पछिल्ला दिनमा निरन्तर घट्न थालेको छ । ब्याजदर र सेयर बजारको सूचकको नकारात्मक सम्बन्ध हुन्छ ।

नियामक नेपाल राष्ट्र बैंकले तरलता ब्यवस्थापनको कुरालाई लिएर बैंकहरुको अनुत्पादक क्षेत्रमा कर्जा लगानीलाई कस्ने संकेत दिएसँगै लगानीकर्ता आत्तिएका छन् । नेप्सेको ७१ प्रतिशत हिस्सा आगटेकोे बैंकिङ क्षेत्रको नाफामा यसले नकारात्मक असर पार्न सक्ने देखिन्छ ।


पुष्प दुलाल