ब्याज आम्दानीले कैलाशको नाफा दोब्बर



काठमाडौं । ब्याज आम्दानी बढाउदा कैलाश विकास बैंकले आफ्नो नाफा दोब्बर गरेको छ । गतवर्षको पुस मसान्तमा १३ करोड नाफा गरेको कैलाश विकास बैंकले यो वर्ष नाफा २६ करोड पु¥याएको हो । बैंकले अघिल्लो वर्षको भन्दा ब्याज आम्दानीपनि दोब्बर गरेको छ ।

अघिल्लो वर्ष २२ करोड रहेको ब्याज आम्दानीलाई बढाएर ४६ करोड पुगेको छ । बैंकले सम्भावित नोक्सानी व्यवस्थाका लागि ३ करोड छुट्टएको छ ।

चुक्ता पुँजी १ अर्ब ९७ करोड रहेको बैंकले पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु