एनआईसी एशिया जानुहोस, १२ प्रतिशत ब्याजदरमा पैसा राख्नुहोस



काठमाडौं । एनआईसी एशिया बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना सार्वजनिक गरेको छ । कर्जा दिनको लागि चाहिने रकम नभएपछि बैंकहरुमा निक्षेप तान्नको लागि आकर्षक योजना ल्याएका छन् । जसमा एनआईसी एशियाले १२ प्रतिशत ब्याजदर हरेक महिना योजना अन्तर्गत निक्षेप तान्न लागेको हो ।

जोखिम नउठाएर आम्दानी गर्न चाहनेको लागि एनआईसी एशियाले ल्याएको ब्याजदर स्किम फाइदाजनक हुने देखिएको छ ।
तरलता अभावको कारण ब्याजदर एनसीसीले पनि १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना बनाएको छ । केही बैंक बाहेक सबै बैंकले ९ प्रतिशत माथी ब्याजदरको योजना ल्याएर निक्षेप तान्ने योजना बनाएका छन् ।


क्लिकमान्डु