९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारणको व्यवस्था मिलाउन प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । जनताको दैनिकीसँग जोडिएको पेट्रोल, ग्यास ९० दिनलाई पुग्ने गरी भण्डारको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । मंगलवार विहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई बोलाई प्रधानमन्त्रीले पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न सरकार तयार रहेको पनि उनले बताएका छन् । प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशिर्ग सक्ने गरी कामअघि बढाउन पनि निर्देशन दिएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।


पुष्प दुलाल