स्वास्थ्य मन्त्रालयमा २४४ जनालाई जागिर खुल्यो




काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४४ जनालाई जागिर खुलाएको छ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो ।

निर्देशनालयले सूचना प्रकाशित गरी हेल्थ असिस्टेण्ट ५६, स्टाफ नर्स १०, ल्याव टेक्निसियन ६, अ.हे.व ११३, अ.न.मी ५५, ल्याव असिष्टेण्ट ४ गरी कुल २४४ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

मन्त्रालयले अन्तर्वाताको माध्यमबाट स्वास्थ्यकर्मी करारमा नियुक्ति गर्ने बताएको छ । स्थायी पदपूर्ति भएपछि स्वतः बदर हुने पनि मन्त्रालयले सूचनामा जनाएको छ ।

न्युनतम शैक्षिक योग्यता पुगेकाहरुले मध्य–पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतबाट फाराम बुझाउन पर्नेछ ।

उम्मेद्वारले फारम बुझाउदा काम गर्न चाहेको जिल्ला अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ र निर्देशनालयले आफ्नो मातहतका जिल्ला जन÷स्वास्थ्य कार्यलय तथा अस्पतालहरुमा खटाउन सकिने सूचनामा बताइएकोे छ ।

परिक्षा शुल्क सहायक चौथोका लागि १०० रुपैयाँ र सहायक पाँचौका लागि १५० रुपैयाँ तोकिएको छ । निर्देशिनालयको लेखा शाखामा बुझाएको दस्तरको सक्कल भौचर प्रति समावेश गरि फारम बुझाउनु पर्नेछ छ ।

सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा न्युनतम शैक्षिक योग्यता पुगेकाले आवेदन दिन सक्नेछन् । मन्त्रालयले माघ ११ मा सुचना प्रकाशित गरेको हो ।


क्लिकमान्डु