मध्यमस्र्याङ्दी हाइड्रोमा लगानी गर्न जर्मन तयार



काठमाडौं । नेपालका लागि जर्मनका राजदूत म्याथिअस अल्फेर्ड जोनान्स मेयरले जर्मन सरकार मध्यमस्र्याङ्दी जलविद्युत आयोजनामा लगानी गर्न तयार रहेको बताएका छन् ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीसँगको शिष्टाचार भेटघाटमा राजदूत मेयरले सो बताएका हुन् ।

नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्ष र स्वास्थ्य लगायतका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्ने मेयरले बताए ।

मन्त्री थकालीले नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी नेपाल-जर्मन सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने मन्त्रीले बताएका थिए ।

साथै मन्त्री थकालीले संविधान निर्माण पश्चात नेपाल राजनीतिक स्थिरतातर्फ अगाडी बढेको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानूनी, नीतिगत एंव प्रक्रियागत सुधारका क्षेत्रमा सरकारले काम गरिरहेको जानकारी गराएकी थिइन् ।


पुष्प दुलाल